You are viewing the translated version of प्राज्ञिक सहकार्य.
Section 32
प्राज्ञिक सहकार्य
(१) कुनै विदेशी विश्वविधयालयसँग भएको प्राविधिक सहायता, सम्झौता वा समझदारी बमोजिम त्यस्तो विदेशी विश्वविद्यालयको बहालवाला वा सेवानिवृत्त अध्यापक वा विज्ञले स्वयंसेवकको रूपमा वा त्यस्तो विदेशी विश्वविद्यालयले निजको पारिश्रमिक व्यहोर्ने गरी विश्वविद्यालयमा अध्ययन, अध्यापन, प्रशिक्षण वा अन्य कुनै प्राज्ञिक कार्यसम्पादन गर्न सक्नेछ।
(२) दफा-३३ बमोजिम पद रिक्त भई तत्काल पदपूर्ति हुने अवस्था नरहेमा विश्वविद्यालयको स्वीकृत दरबन्दीमा उपकुलपतिको स्वीकृति लिई केन्द्रीय विभागका कर्मचारीलाई रजिष्ट्रारले, अध्यापकलाई डीनले र अन्य कर्मचारीको हकमा सम्बन्धित निर्देशकले करार गरी काममा लगाउन सक्नेछ।
(३) उपदफा (२) बमोजिम करारबाट काममा लगाइएका अध्यापक तथा कर्मचारीको काम, कर्तव्य, अधिकार तथा पारिश्रमिक, सुविधा र सेवाका सर्त त्यस्तो करारमा उल्लेख भए बमोजिम हुनेछ।